सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो ।
“थप जानकारी आउन बाँकी छ,” टिचिङ अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले भने ।
खड्कालाई सीआईबीको टोलीले आइतबार पक्राउ गरेको थियो ।











