२०८३, ४ जेष्ठ सोमबार | Mon May 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्थलीलाई उत्कृष्ट नगरपालिका पुरस्कार



स्थानीय आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै रामेछापको मन्थली नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार २०८२ प्रदान गरिएको छ।

नेपाल नगरपालिका संघको ३३औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो। समारोहमा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठलाई सम्मानसहित पुरस्कार हस्तान्तरण गरेका थिए।

आर्थिक वर्ष ०८१/८२ मा स्थानीय आर्थिक विकासतर्फ गरेको कार्यसम्पादन मूल्यांकनका आधारमा संघले देशभरका स्थानीय तहको समीक्षा गर्दा मन्थली नगरपालिका प्रथम स्थानमा परेको जनाएको छ।

पुरस्कार ग्रहण गर्दै नगर प्रमुख लव श्रेष्ठले नगरपालिकाले आर्थिक विकासका क्षेत्रमा गरेको प्रयासको उच्च मूल्यांकन भएकोमा खुसी व्यक्त गरे। उनले यस सम्मानले आगामी दिनमा अझ प्रभावकारी काम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

नेपाल नगरपालिका संघले प्रत्येक वर्ष स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकन गरी उत्कृष्ट पालिकालाई सम्मान गर्दै आएको छ।

प्रकाशित मिति : २०८२, २७ चैत्र शुक्रबार ००:००  १ : ५२ बजे