२०८२, २७ चैत्र शुक्रबार | Sat Apr 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मटिहानी नगरपालिका सामाजिक विकासतर्फ उत्कृष्ट नगरपालिका सम्मानित



नेपाल नगरपालिका संघको ३३औँ वार्षिक उत्सवको अवसरमा मटिहानी नगरपालिकालाई सामाजिक विकास क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै ‘सामाजिक विकासतर्फ उत्कृष्ट नगरपालिका’ सम्मान प्रदान गरिएको छ। काठमाडौंमा आयोजित विशेष समारोहमा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नगर प्रमुख हरिप्रसाद मण्डललाई उक्त सम्मान प्रदान गरेका थिए।

कार्यक्रममा संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले मटिहानी नगरपालिकाले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, बालअधिकार संरक्षण तथा सामाजिक समावेशीकरणका क्षेत्रमा प्रभावकारी काम गरेकाले सम्मान प्रदान गरिएको जानकारी दिए। उनले स्थानीय तहले समुदायमै केन्द्रित सेवा तथा कार्यक्रममार्फत उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गरे।

प्रकाशित मिति : २०८२, २७ चैत्र शुक्रबार ००:००  ४ : १९ बजे