२०८३, ५ जेष्ठ मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता



अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्तापछि आयोजित पत्रकार सम्मेलनमा दुवै देश कुनै सम्झौतामा पुग्न नसकेको बताएका छन्।

उनले वार्ताका क्रममा आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निरन्तर सम्पर्कमा रहेको पनि बताए ।

उनका अनुसार ट्रम्प पनि इरानसँगको वार्तामा संलग्न थिए र यस क्रममा भान्सले राष्ट्रपतिसँग “आधा दर्जनदेखि एक दर्जन पटक” कुरा गरेका थिए ।

भान्सले भने, “अमेरिकाले एकदमै सरल प्रस्ताव दिएको छ र यही हाम्रो ‘अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव’ हो।”

उनले थपे, “अब हामी हेर्छौं कि इरानीहरूले यसलाई स्वीकार गर्छन् कि गर्दैनन्।”

प्रकाशित मिति : २०८२, २९ चैत्र आइतबार ००:००  १० : १४ बजे