२०८३, १७ बैशाख बिहिबार | Thu Apr 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पालुङटारमा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिनको अल्टिमेटम



गोरखा जिल्लाको पालुङटार नगरपालिका ले आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा अतिक्रमण हटाउन सम्बन्धित व्यक्तिहरूलाई १५ दिनभित्र खाली गर्न आग्रह गरेको छ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ बमोजिम सार्वजनिक ऐलानीरपर्ति जग्गा, नदी किनार तथा अन्य सरकारी स्वामित्वका जग्गाको संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहकै भएको उल्लेख गरिएको छ। सोही अनुसार नगर क्षेत्रभित्र विभिन्न व्यक्तिहरूले अनुमति बिना निर्माण गरी अतिक्रमण गरेको पाइएकाले यस्तो कदम चालिएको जनाइएको छ।

नगरपालिकाको कार्यपालिका बैठक तथा सार्वजनिक जग्गा संरक्षण समितिको निर्णयका आधारमा जारी सूचनामा अबैध रूपमा निर्माण गरिएका संरचनाहरू सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफैं हटाउन अनुरोध गरिएको छ।

यदि तोकिएको अवधिभित्र अतिक्रमित संरचना नहटाइएमा नगरपालिकाले आफैं हटाउने र त्यसबाट लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट असुल उपर गरिने चेतावनी दिइएको छ।

यस विषयमा जानकारी दिँदै पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शेर बहादुर बिसी,ले सार्वजनिक सम्पत्तिको संरक्षणमा सबै नागरिकको सहयोग आवश्यक रहेको र कानुन विपरीतका गतिविधिमा संलग्न नहुन आग्रह गर्नुभयो।

प्रकाशित मिति : २०८३, १७ बैशाख बिहिबार ००:००  ६ : २१ बजे