२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना महामारीलाई गिज्याउँदै ओखलढुंगामा नेकपा ! तामझाम साथ राप्रपा नेतालाई भित्रायो



ओखलढुंगा । अहिलेको विषम् परिस्थितीमा पनि ओखलढुंगामा नेपाल कम्युनिष्ट पार्टीले राजनीतिक गतिविधि रोकेको छैन । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईसरको संक्रमण जिल्लामा समेत समुदायस्तरमा देखिन थालेसँगै पार्टीका गतिविधि नगर्ने सर्वपक्षिय सहमती भएपनि नेकपाले आफ्ना गतिविधि नरोकेको हो ।

जिल्ला प्रशासन कार्यालयमा नेकपाका शिर्ष नेताकै प्रमुख आतिथ्यतामा भएको सर्वदलिय सर्वपक्षिय बैठकले कोरोनाको कहरका बिचमा जिल्लामा भेला र भिडभाड हुने कुनै गतिविधि नगर्ने निर्णय गरेको थियो । सरकारी निर्देशन र आफ्नै उपस्थितीमा भएको लिखित सहमतीको जिल्लामा सत्तारुढ दलले नै धज्जि उडाईरहेको भन्दै चर्को आलोचना सुरु भएको छ ।

जिल्लामा पार्टीका गतिविधिमा संलग्न कांग्रेसका नेताहरुमा कोरोना पुष्टि भएसँगै कांग्रेसका कारण समुदायमा कोरोना फैलिएको आरोप लगाएका नेकपाका नेता कार्यकर्ता आफ्नो पार्टीका कार्यक्रमको सामाजिक सञ्जालमा सगौरब प्रचार गरिरहेका छन् ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईसरको जाखिमलाई गिज्याउँदै नेकपाले जिल्लाका विभिन्न स्थानमा चुनावी झल्काे दिनेगरि छलफल, भेला तथा पार्टी प्रवेश जस्ता कार्यक्रम गरिरहेको छ ।

नेकपाले शनिवार चम्पादेवीमा एक कार्यक्रमका बिच राष्ट्रिय प्रजातन्त्र पार्टीका पुराना नेता जगत लुईटेल सहितलाई तामझामका साथ पार्टी प्रवेश गराएको छ । चम्पादेवी गाउँपालिका वडा नं ३ मा आयोजना गरिएको गाउँ कमिटिको बैठकमा २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट साविक कालिका गाविसको अध्यक्षमा निर्वाचित तथा पछिल्लोे समय राप्रपाको राजनितिमा सकृय लुइटेल सहितका नेता कार्यकर्ता प्रवेश गराएको हो ।

पार्टी प्रवेश कार्यक्रममा निकै बाक्लो उपस्थिती थियो । स्वास्थ्यका मापदण्ड भने खासै पुरा गरिएको थिएन ।

यसविषयमा नेकपा ओखलढुंगाका सचिवालय सदस्य तथा चम्पादेवीका इन्चार्ज तिर्थ सुवेदीले स्वास्थ्य सतर्कता अपनाएर पार्टीका आन्तरिक काम गरिएको दावी गरे । ‘राप्रपाको जिल्ला अध्यक्ष जगत लुईटेल सहितका दर्जन भन्दा बढी साथीहरु प्रवेश गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो त्यो मात्रै गरिएको हो । अन्य भिडभाड र भेलाहरु गरिएको छैन ।’ उनले भने, ‘कोरोनाको जोखिम छैन । हामीले स्वास्थ्य मापदण्ड अपनाएका छौं ।’ नेता सुवेदीले गाउँतहकै नेता कार्यकर्ताको भेटघाट राखेर जिल्ला र केन्द्रबाट नेता आउने कार्यक्रम रोकिएको तर्क गरेका छन् ।

जिल्ला तहका नेताहरुमा कोरोना संक्रमण देखिएपछि नेपाली कांग्रेसले भने पार्टीका गतिविधि रोकेको छ ।

ओखलढुंगामा जिम्मेवार व्यक्तिहरुको गैरजिम्मेवार गतिविधिले संक्रमणको जोखिम बढाएको भन्दै समुदायस्तरबाटै आवाज उठ्न थालेको छ ।

याे पनि पढ्नुहाेस्

प्रकाशित मिति : २०७७, २७ भाद्र शनिबार ००:००  ४ : ०१ बजे