असोज ३ गते छात्रवृत्तिका लागि अनलाइन परीक्षा हुँदै ।
काठमाडौंमा शैक्षिक गुणस्तरको ग्यारेन्टी गर्दै खुलेको मनास्लु वर्ल्ड कलेजले चालु शैक्षिक सत्रमा सय जना विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने भएको छ । कोरोनाको कहरका कारण आर्थिक अवस्था झन कमजोर बनेका विद्यार्थीहरुलाई मध्येजनर गर्दै कलेजले सयजना विद्यार्थीलाई छात्रवृत्तिमा बढाउने भएको हो ।
कलेजको छात्रवृत्ति पाउन अनलाइन परीक्षा दिनुपर्ने छ । कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरुको घरैमा बसेर उक्त अवसरको सदुपयोग गर्न सक्ने कलेजका प्रिन्सिपल राजन श्रेष्ठले अनलाइन सरोकारलाई जानकारी दिए । ‘यो वर्ष ठुलो संख्यामा छात्रवृत्ति दिएर पढाउने लक्ष्य छ । कलेज सम्म आउन पर्दैन घरैमा बसेर अनलाइन मार्फत हुने परीक्षामा सहभागि भएका उत्कृष्ट विद्यार्थीहरुलाई हामी यो सुनौलो अवसर दिँदैछौं ।’ उनले भने, ‘अहिलेको अवस्थामा विद्यार्थीहरु भविष्यको चिन्ता गरिरहेका छन् । शहरमा आएर कलेज खोज्न सकिएका छैनन । यो अवस्थामा घरेमा बसेर अनलाइन मार्फत हामीसँग जोडिएर छात्रवृत्तिमै पढ्ने अवसर पनि लिन सक्नुहुन्छ र अन्य हाम्रा थुपै्र सहुलियतका कार्यक्रम छन् त्यस मार्फत अध्ययान अगाडी बढाएर उच्च शिक्षा हासिल गर्न सक्नुहुने छ ।’ अनलाइनको माध्यमबाट प्रवेश परीक्षा असोज ३ गते शनिवार हुँदैछ ।
स्थापनाको छोटो समयमा नै निकै चर्चा बटुलेको काठमाडौंको चुचेपाटी स्थित मनास्लु वर्ल्ड कलेजले असोज ३ गते विभिन्न समयमा प्रवेश परीक्षा लिन लागेको हो ।
विज्ञान संकाय अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि बिहान ११ः०० बजेदेखि १२ः३० सम्म, व्यवस्थापन, मानविकी तथा कानुनी संकाय अध्ययन गर्न चाहने विद्यार्थी हरुको लागि दिउँसो १ः०० बजे देखी २ः३० बजे सम्म अनलाइनको माध्यमबाट प्रवेश परीक्षा हुने कलेजका अध्यक्ष गेन्द्र लामाले बताए ।
यस सम्बन्धी थप जानकारीका लागि ९८०१३६२३८७ र ९८०१३६२३८३ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
यो पनि पढ्नुहोस् ।