२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘दशैँमा घर जान हत्ते नगरौँ, बुबाआमामा रोग सर्ने खतरा छ’



काठमाडौं । सरकारले यो पटकको दशैं तिहार मनाउन गाउँ जाने कुरामा हत्ते नगर्न आग्रह गरेको छ । कोरोना संकटका कारण जटिल अवस्था आइलागेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना गइसकेपछि अर्को वर्ष धुमधामसँग दशैँ मनाउन आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले कोरोनाबाट जोगिन सबैलाई आग्रह गर्दै उनले आउँदै गरेका चाडबाडमा विशेष सचेतता अपनाउन पनि अनुरोध गरे । उनले भने, ‘ठूला चाडबाड आउँदैछन् । हामी गाउँगाउँ जाँदै छौँ । एक पटक सोचौँ कतै हामीले कोरोना त बोकेका छैनौँ । जेष्ठ नागरिकसँग कोरोना सँग लड्ने क्षमता कम हुन्छ । उहाँहरुलाई संक्रमण भए अस्पताल नै भर्ना गर्नुपर्ने हुन्छ । त्यसैले दशैँ अर्को पटक पनि आउँछ । बा आमा कहिल्यै आउनुहुन्‍न ।’

उनले कोरोना आफैँ नसर्ने भएकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि भनेका छन् । उनले भने, ‘कसैलाई भेट्नै परे सामाजिक दूरी कायम गरौँ । जेष्ठ नागरिकलाई भेट्न परे दूरी राखेर भेटौँ । अंकमाल गर्ने नगरौँ, बुढा बुढीले प्रयोग गर्ने सामान सफा गरौँ, औषधी र खानपानको विशेष ख्याल गरौँ ।’

प्रकाशित मिति : २०७७, १६ आश्विन शुक्रबार ००:००  ६ : १९ बजे