कर्फ्यु अवज्ञा गर्दै काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा प्रदर्शनमा उत्रिएका केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफन्तहरुले सरकारको विरोध गर्दै नयाँबानेश्वर चोकमा प्रदर्शन गरिरहेका छन् । तीमध्ये केही पक्राउ परेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालका लागि चक्रपथ क्षेत्रभित्र…