२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिङदेनले भेला स्थगित गरेलगत्तै ज्योति लामा समूहले घोषणा गर्‍यो कार्यसमिति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन स्थगित गरेलगत्तै एउटा समूहले नयाँ कार्यसमिति घोषणा गरेको छ । बुधबार भेलामा लफडा भएपछि अध्यक्ष लिङदेन अधिवेशन स्थगित भएको घोषणा गरेर बाहिरिएका थिए । लगत्तै नाराबाजीमा उत्रिएको ज्योति लामा समूहले नयाँ कार्यसमिति घोषणा गरेको हो ।