रामेछापमा राष्ट्रिय परिचय पत्र (डिजिटल कार्ड) वडा तहमै पुगेर वितरण गर्न थालिएको छ। सरकारी तथा प्रशासनिक सेवामा अनिवार्य रूपमा प्रयोगमा ल्याउन लागिएको यस परिचय पत्रको वितरण कार्य गाउँगाउँमै पुगी सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यसहित सुरु गरिएको हो। रामेछापको सुनापति गाउँपालिका–५ बाट सुरु गरिएको अभियान अन्तर्गत बनेका डिजिटल कार्ड वितरण गर्नुका साथै परिचय पत्र नभएका…