ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले काठमाडौंमा बसोबास गर्ने आफ्ना सेवाग्राहीका लागि तीन दिने विशेष एकीकृत प्रशासनिक शिविर सुरु गरेको छ । कोशी प्रदेश सभा सदस्य प्रदिप कुमार सुनुवारको प्रमुख आतिथ्यतामा र गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको अध्यक्षतामा जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा आज उक्त कार्यक्रमको उद्घाटन गरिएको हो । शिविरमा जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, बसाइँसराइ दर्ता, सामाजिक सुरक्षा भत्ता…