सुर्खेतको वीरेन्द्रनगर–१३ स्थित करेखोलामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। ४२ वर्षीय दानसिंह ठाडाले आइतबार विहान १:३० बजे आफ्नी ४१ वर्षीया श्रीमती रविना थापाको हत्या गरेका हुन्। हत्या गरेलगत्तै ठाडाले प्रहरीलाई स्वयं फोन गरी घटनाको जानकारी दिएका थिए। उनले फोनमा भनेका थिए, “सर, श्रीमती मारिसके, पक्राउ गर्न आउनुहोस्।” उनले आफ्नो घरको ठेगाना पनि प्रहरीलाई…