सुर्खेत । लामो समयको हिमपातपछि चीनसँगको सीमावर्ती क्षेत्रको हुम्लाको सिमकोट–हिल्सा सडकअन्तर्गतको यारी–हिल्सा सडक बन्द भएको छ। सडकमा तीन फिटभन्दा बढी हिउँ जमेपछि उक्त खण्डको सडक बन्द भएको हो। प्रमुख जिल्ला अधिकारी सीता परियारले दुई दिन लगातारको हिमपातपछि उत्तरी सीमा क्षेत्र यारीदेखि हिल्सासम्मको सडक यातायात बन्द भएको बताए । गत असोज कात्तिकमा परेको हिउँ सडकमा जम्दा…