काठमाडाैं । चर्को ब्याजदर विरुद्ध विराटनगरका उद्योगी व्यवसायीले पुस १ गते देखि आन्दोलन थाल्ने घोषणा गरेका छन्। मोरङ व्यापार संघ, उद्योग सङ्गठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश १ ले आइतबार विभिन्न उद्योगी व्यवसायीक संघ संस्थाका प्रतिनिधिसँगको छलफल पछि आन्दोलन थाल्ने घोषणा गरेका हुन्। मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले छलफलमा आएका सुझाव अनुसार आन्दोलनका कार्यक्रमहरू…