काठमाडौं । नेकपा एमालेका नेता तथा काठमाडौं क्षेत्र नम्बर–६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सर्वेन्द्र खनालले चुनाव जितेर देश र जनताप्रति इमान्दार सिपाहि भएर काम गर्ने बताएका छन् । पत्रकार नविन धमलासँग प्राइमटाइम्स टेलिभिजनको कार्यक्रम स्थानीय जनसरोकारमा कुरा गर्दै खनालले मंसिर ४ को चुनावबाट जनमत प्राप्तगरि देश र जनताको पक्षमा काम गर्ने बताएका हुन् । …