काठमाडौं । गएको स्थानीय तह निर्वाचनमा प्रदेश कमिटीको सिफारिसमा मेयरको टिकट लिएर हेलिकोप्टरमार्फत् जिल्ला पुगेका कांग्रेस नेता धर्मराज पोखरेललाई पार्टीकै कार्यकर्ताले हातपात गरे । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता गर्न पुगेका धर्मराजमाथि धरपकड भयो । धर्मराजको उम्मेदवारीविरुद्ध जिल्लाको पार्टी कार्यालयमा तालाबन्दीसमेत गरिएको थियो । धर्मराजलाई नभई जिल्ला उपसभापति तीर्थराज भट्टराईलाई टिकट दिनुपर्ने…