सुनसरी । फोहोर व्यवस्थित गर्न धरान उपमहानगरपालिकाले विभिन्न मापदण्डहरू बनाएको छ । नगर कार्यपालिकाको बैठकले फोहोर व्यवस्थापनमा वाधा पुर्याउनेलाई ५०० देखि ५० हजारसम्म जरिवाना गराउने निर्णय गरेको छ । नगरसभाको निर्णय नम्बर १६ मा उल्लेख गरिए अनुसार नगरपालिकाले निर्धारण गरेको स्थानमाबाहेक अन्यत्र फोहोर फोहोर निष्काशन गर्नेलाई ५ हजार र उपमहानगरले संकलन गरेको फोहोरलाई अनाधिकृत रुपमा…