काठमाडौं।रूपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपो आगलागीबाट ठूलो दुर्घटना हुनबाट जोगिएको छ। आयल निगममा ट्यांकरबाट डिपोमा तेल खन्याउने क्रममा दुइटा ट्यांकरमा अचानक आगलागी भएको थियो। ईलाका प्रहरी कार्यालय मंगलापुर अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरमा बिहान ११४० मा लागेको आगो ११५५ मा नियन्त्रणमा आए पनि एउटा ट्यांकर पूर्ण रूपमा…