ओखलढुंगा । ओखलढुंगामा भूकम्पपीडितसँग घुस लिने पुनर्निर्माणका प्राविधीकलाई जागिरबाट बर्खास्त गरिएको छ । मोलुङ्ग गाउँपालिका–६ श्रीचौरका लाभग्राहीबाट गैरकानुनी हिसाबले रकम लिएका पुनर्निर्माणमा खटिएका प्राविधीक मनोज खतिवडालाई जागिरबाट निकालिएको हो । मापदण्ड विपरित बनेका घरहरु पास गर्नका लागि प्राविधीक खतिवडाले लाभग्राहीहरुबाट घुस रकम लिएका थिए । पहिलो र दोस्रो किस्ता लिईसकेका तर अन्तिम किस्ता लिन बाँकी…