काठमाडौं ।दार्चुलामा एक प्रहरी नायब निरीक्षक होटलमा मृत फेला परेका छन्।शुक्रबार बिहान करिब ४ बजे महाकाली नगरपालिका -४ बंगाबगडको एक होटलमा कैलाली टीकापुरका अन्दाजी ४० वर्षीय सई ध्रुव रावल मृत फेला परेका हुन्। उनी इलाका प्रहरी कार्यालय, हुतीको लागि सरूवा भएका थिए । राति होटलमा बास बसेको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।…