काठमाडौं । नमोबुद्ध नगरपालिका:२ सेल्फी डाँडा नजिकै शुक्रबार बिहान पहिरो खसेर विपि राजमार्ग अवरुद्ध भएको छ। बिहान सडकमाथिबाट खसेको पहिरोको कारण सडक अवरूद्ध भएको नमोबुद्ध नगरपालिका: २ का अध्यक्ष संजिब ढकालले जानकारी दिए। राजमार्गमा पहिरो खसेपछि वीपी राजमार्ग हुदै पुर्व जाने र पुर्वबाट काठमाडौं आउने सवारीहरु बीच बाटोमै अलपत्र परेका छन्। पहिरो खसेपछि अवरुद्ध राजमार्ग…