काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा पहिरोमा परी बेपत्ता भएका मध्ये ९ शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाका अनुसार अरु २२ जना अझै बेपत्ता छन् । पहिरोमा परी वडा नम्बर ७ का भक्तिमाया श्रेष्ठ, जुनु विक, सुकलाल विक, सन्देश विक, सर्किनी नेवार, धनलाल नेवार, हिरामाया नेवार, ट्याक्सी शेर्पा र ज्ञानीमाया प्रधानको…