काठमाडौं । आज (बिहीबार) जितिया पर्व । विषेश गरी थारु तथा मिथिला समुदायका महिलाहरुले हरेक वर्ष आश्विन कृष्णाष्टमीका दिन मुख्य रुपमा यस पर्वलाई मनाउने गर्दछन् । सन्तानको दीर्घायु तथा समृद्धिको कामना गर्दै थारु तथा मिथिला समुदायमा यो पर्व परापूर्वकालदेखि मनाउदै आएको पाइन्छ । जितवाहन देवताको पूजा गर्ने भएकाले यस पर्वलाई जितिया पर्व भनिएको सँस्कृतिविदहरुको भनाई…