सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडी एकआपसमा ठोकिँदा दुर्घटना भएको छ। आज कैलालीको लम्कीचुहा नगरपालिकाको लम्कीबजार नजिक आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की र भौतिक पूर्वाधर विकासमन्त्री सुरेन्द्र पाल सवार गाडी एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। मन्त्री सार्की सवार से १ झ ३३० र मन्त्री पाल सवार बा २ झ १४१९ नम्बरको गाडी एकआपसमा ठोक्किँएको…