नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सबै तयारी पूरा भएको घोषणा गरेको छ । प्रतियोगिता पर्सि सोमबारदेखि मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । क्यानका महासचिव पारस खड्काले शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका सबै आवश्यक तयारी सकिएको जानकारी दिए । यस वर्षको एनपीएलमा ८ फ्रेन्चाइज टोली प्रतिस्पर्धा गर्नेछन् ।…