चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गरेका छन् । बुधबार स्थानीय समयअनुसार साँझ ६ बजे बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट उनको बिदाइ गरिएको हो । प्रधानमन्त्री ओली गत शनिबार शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन जनवादी गणतन्त्र चीनको थियानजिन शहरमा पुगेका थिए । भ्रमण दलमा प्रधानमन्त्री ओलीका साथ प्रथम महिला…