काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पद तथा गोपनियताको सपथ खुवाएकी छन् । शीतलनिवासमा आयोजित शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित सभामुख अग्निप्रसाद सापकोटा तथा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सनाको उपस्थिति रहेको थियो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गरेकी हुन्…