काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले राम्रा काम गर्नुपर्ने बताएका छन्। कांग्रेस तनहुँले आइतबार गरेको कार्यक्रममा थापाले जनमुखी काम गरेर जनताको विश्वास जित्दै परिणाम दिनुपर्ने बताए। ‘जनप्रतिनिधिमाथि पाँच वर्ष धेरै ठूलो जिम्मेवारी आएको छ, केही काम गर्नुपर्नेछ, परिणाम दिनुपर्नेछ। त्यसमा जनप्रतिनिधि गम्भीर भएर लाग्नुपर्छ,’ महामन्त्री थापाले भने। स्थानीय तहले…