जनकपुर । प्रदेश २ सरकारले प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धी प्रस्ताव फेरि प्रदेशसभामा ल्याउने तयारी थालेको छ ।यसअघि प्रदेशसभामा प्रदेशको नाम र स्थायी राजधानीसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा कुनै पनि प्रस्तावले आवश्यक बहुमत हासिल गर्न नसकेपछि प्रदेशसभाको हिउँदे अधिवेशनमा यस सम्बन्धी प्रस्ताव ल्याउने तयारी प्रदेश सरकारले गरेको हो । प्रदेशको नाम र राजधानीको सवालमा…