२०८३, २७ बैशाख आइतबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ पार्टी घोषणा गर्दै वामदेव गौतम



केही समयअघि नेकपा (एमाले) छोडेका राष्ट्रिय सभा सांसद वामदेव गौतमले नयाँ पार्टी खोल्ने भएका छन्।

नयाँ पार्टी घोषणाका लागि मंगलबार दिउँसो उनले पत्रकार सम्मेलन आयोजना गरेका छन्। भृकुटीमण्डपस्थिति रिपोर्टर्स क्बलमा दिउँसो तीन बजे उनको पत्रकार सम्मेलन हुँदैछ।

यसअघि उनी नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बनेका थिए। अभियानका नामबाट उनले केही दिनअघि भेला पनि गरेका थिए।

गत प्रतिनिधि सभा चुनावमा बर्दियाबाट पराजित गौतमलाई तत्कालीन नेकपा सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको थियो।

मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य नियुक्त गरेकी थिइन्।

एमाले र नेकपामा हुँदा गौतम उपाध्यक्ष थिए। २०५४ साल  एमाले विभाजन गरेर उनी नेकपा (माले) का महासचिव बनेका थिए।

प्रकाशित मिति : २०७९, १४ असार मंगलबार ००:००  १ : ०६ बजे