२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेवाग्राहीसँग घुस लिने इन्जिनियर पक्राउ



घुस लिएको आरोपमा पोखरा महानगरपालिका घर नक्सा शाखाका इन्जिनियर शिव बराल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले इन्जिनियर बराललाई मंगलबार पक्राउ गरेको हो ।

यसअघि चैत २८ गते महानगरबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाइ अख्तियारले १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

सोही विषयमा अनुसन्धानका क्रममा इन्जिनियर बरालको पनि संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका सूचना अधिकारी जगदिश शिवाकोटीले जानकारी दिए । बराललाई पक्राउ गरी केन्द्रीय कार्यालय टंगाल पठाइएको शिवाकोटीले बताए ।

उनीहरुले यही एउटै काममा पनि पटक पटक घुस लिएको खुलेको सूचना अधिकारी शिवाकोटीले सुनाए ।

प्रकाशित मिति : २०८१, ५ बैशाख बुधबार ००:००  १० : ४२ बजे