२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेमा डेंगु संक्रमितको संख्या ३०० नाघ्यो



काभ्रेमा डेंगु संक्रमितको संख्या ३०० नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, काभ्रेले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनयता डेंगु संक्रमितको संख्या ३०२ पुगेको छ ।

संक्रमण पुष्टि हुनेको संख्या दैनिक बढिरहेको तथ्यांकले देखाएको छ । पछिल्लोको ५ दिनको रेकर्ड हेर्दा २५ जनामा डेंगु संक्रमण देखिएको छ ।

असोज २५ गते ५ जना, २६ गते ४ जना, २७ गते ६ जना , २८ गते ३ जना र २९ गते ७ जनामा संक्रमण पुष्टि भएको छ । बनेपा, पनौती र धुलिखेल क्षेत्रमा बढी संक्रमित छन् । बनेपा नगरपालिकामा १०८ जना, पनौतीमा ५५ जना र धुलिखेलमा ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

भुम्लु गाउँपालिकामा २४ जना, पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा १९/१९ जना, नमोबुद्ध नगरपालिकामा १२ जना, रोशी गाउँपालिकामा ९ जना, बेथानचोकमा ३ जना, चौरीदेउराली गाउँपालिकामा २ जनाका साथै तेमाल र महाभारत गाउँपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

काभ्रेमा आर्थिक बर्ष २०७८/७९ मा ४८७ जना, २०७९/८० मा ६८२ जना, २०८०/८१ मा २५१ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०८१, १ कार्तिक बिहीबार ००:००  ८ : २६ बजे