२०८३, १२ श्रावण मंगलबार | Tue Jul 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अख्तियार विकासको बाधक हुँदैनः प्रमुख आयुक्त राई



अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सबैको साझा प्रयत्न आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलका क्रममा सांसदले राख्नुभएको जिज्ञासाको जवाफमा उनले कानुन कार्यान्वयन गर्ने निकाय र पदाधिकारीले इमान्दार काम गरेमात्रै पनि मुलुकमा सुशासन कायम हुने बताएका हुन् ।  

अख्तियार विकासको बाधक भयो कि भनेर कहिलेकाहीँ प्रश्न उठ्ने गरेको सन्दर्भ सुनाउँदै उहाँले यससम्बन्धमा स्पष्ट हुन आयोगले सरकारलाई २२ वटा लिखित सुझाव दिएको बताए ।

कानुनको उल्लङ्घन गर्ने विषय बानी परिसकेकाले अख्तियारको निर्देशनलाई नयाँ कानुनका रुपमा अथ्र्याएको सन्दर्भ सुनाउँदै प्रमुख आयुक्त राईले दाताले दिएको सहयोगको कार्यान्वयनमा पनि आन्तरिक कानुन आकर्षित हुनुपर्ने बताए ।

प्रकाशित मिति : २०८१, १२ कार्तिक सोमबार ००:००  ६ : ४२ बजे