नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक गरेको छ । इन्टरनेट सेवा उपयोग बढ्दै गइरहेको परिवेशमा २०५४ पछि जन्मिएका विद्यार्थीहरूलाई उच्च गुणस्तरीय इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराउने उद्देश्यसहित यो अफर ल्याइएको हो ।
नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले यसको शुभारम्भ गरेका हुन् । उनले आर्थिक रूपमा सक्षम नभएका विद्यार्थीहरूका लागि सूचना प्रविधिको पहुँच स्थापित गर्न सहुलियतपूर्ण प्याकेज ल्याइएको बताए ।











