२०८२, २ चैत्र सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिभुवन विमानस्थलमा व्यस्त हुँदा दुबईबाट आएको नेपाल एयरलाइन्स दिल्ली डाइभर्ट



त्रिभुवन विमानस्थलमा पार्किङ वे व्यस्त हुँदा दुबईबाट आएको नेपाल एयरलाइन्सको आर ए २३० जहाज दिल्ली डाइभर्ट गर्नु परेको छ ।

पार्किङ वे व्यस्त भएपछि नेवानिले धेरै समय होल्ड गर्नुपर्ने थियो । त्यसका लागि पर्याप्त इन्धन नहुँदा दिल्ली डाइभर्ट गर्नु परेको बताइएको छ । विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले ‘लो होल्डिङ फ्यूल’ कारण यो जहाज डाइभर्ट भएको बताए ।

विमानस्थल स्रोतका अनुसार व्यस्त समयमा पार्किङ वे उपलब्ध नभएको सूचना क्याप्टेनलाई दिइएको थियो । त्यसपछि जहाज दिल्ली डाइभर्ट गरिएको हो । ‘कति समयमा वे खुल्छ र अवतरणको पालो पाइन्छ भन्ने निश्चित नभएपछि क्याप्टेनले डाइभर्ट गर्ने निर्णय गरेका हुन्,’ स्रोतको भनाइ छ ।

अहिले कतिपय पार्किङ वे मर्मत भइरहेको छ । स्लट व्यवस्थापन नगरी उडान अनुमति दिने प्राधिकरणको प्रवृत्तिले यस्तो समस्या दोहोरिने गरेका छन् ।

प्रकाशित मिति : २०८२, २९ कार्तिक शुक्रबार ००:००  १२ : ४६ बजे