२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री कार्यालयबाहिर ‘जेनजी’को भीड बढ्यो, थपियो सुरक्षाकर्मी



प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहिर ‘जेनजी’को भीड बढेको छ । सोमबार (मंसिर ८) दिउँसो प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्ने र ज्ञापनपत्र बुझाउने भन्दै उनीहरू सिंहदरबारस्थित कार्यालयको ढोकामा पुगेका हुन् ।

फरक–फरक समूहबाट जेनजी प्रतिनिधि प्रधानमन्त्री कार्यालयको ढोकामा पुगेका छन् । उनीहरूको उपस्थिति बढेपछि त्यहाँ सुरक्षाकर्मीको संख्या थपिएको छ ।

प्रधानमन्त्रीले नभेटेसम्म ढोकामै बस्ने उनीहरूले बताएका छन् । उनीहरूले प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको राजीनामा मागेका छन् । श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा आफ्ना नातेदारलाई नियुक्त गरेको आरोप छ ।

प्रकाशित मिति : २०८२, ८ मंसिर सोमबार ००:००  ४ : ११ बजे