२०८२, १९ फाल्गुन मंगलबार | Tue Mar 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नाागरिक अगुवाको अपिल– राज्य कमजोर बनेका बेला भ्रम छर्ने काम नगरौँ



नागरिक अगुवाहरुले मुलुक गम्भीर चुनौतीमा रहेको बताउँदै यसलाई स्थिरता र लयमा फर्काउने जिम्मेवारी सरकार, राजनीतिक दल र प्रत्येक नागरिकको रहेको बताएका छन् ।

नागरिक अगुवाहरुले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ– राज्य कमजोर बनेको यो संवेदनशील घडीमा, निर्वाचनको म्यान्डेट लिएर बनेको सरकारमाथि उसको म्यान्डेट र क्षमताभन्दा बाहिरका माग राख्ने, निहीत राजनीतिक, समूहगत वा व्यक्तिगत एजेन्डा अघि सारेर अवरोध गर्ने र अनावश्यक भ्रम छर्ने तथा आशंका फैलाउने गतिविधिहरुले राष्ट्रलाई झनै कमजोर बनाउने निश्चित छ ।”

उनीहरुले सबैको अर्जुनदृष्टि फागुन २१ को आम निर्वाचनमा हुनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २०८२, २० मंसिर शुक्रबार ००:००  १२ : १६ बजे