२०८३, १३ श्रावण बुधबार | Wed Jul 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनसरी घटना : सर्वदलीय बैठकले गर्‍यो सरकारको ध्यानाकर्षण



सर्वदलीय बैठकले सुनसरी घटनामा सरकारको ध्यानाकर्षण गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बुधबार डाकेको सर्वदलीय बैठकले सुनसरीको देवानगञ्ज घटनामा सरकारको ध्यानाकर्षणसहितका निर्णय गरेको हो ।

बैठकमा सुनसरीको देवानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीचको विवाद बढ्दै ‘साम्प्रदायिक’ रुप लिँदा सरकारको उचित अग्रसरता समेत नदेखाएको भन्दै विपक्षीले प्रश्न उठाएका थिए । उक्त बैठकपछि जारी संयुक्त अपिलमा सर्वदलीय बैकले सरकारको ध्यनाकर्षण गरेको हो । 

“नागरिकको जिउधनको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व हो,” सर्वदलीय बैठकको नेपाल सरकारको ध्यानाकर्षण शीर्षकमा भनेको छ, “अधिकतम संयमता अपनाउँदै परिस्थितिलाई सामान्यीकरण गर्न, घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन हामी नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौँ ।” 

अपिलमा राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सर्वदलीय बैठकका सहभागि दलहरू एकताबद्ध रहेको सन्देश दिइएको छ । साथै, जिल्ला तथा स्थानीय तहका आआफ्ना पार्टीका संगठनलाई सर्वदलीय बैठक आह्वान गर्न र सद्भावका लागि काम गर्न पनि आह्वान गरिएको छ । 

सुनसरीमा उत्पन्न समस्याको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्ने दृढता पनि दलहरूले व्यक्त गरेका छन् । 

प्रकाशित मिति : २०८३, १३ श्रावण बुधबार ००:००  १ : ३५ बजे