२०८३, २० बैशाख आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कलाकार शर्मा ‘गैडा’ कोरोना संक्रमित



कलाकार, निर्देशक निर्मल शर्मा ‘गैडा’ कोरोना संक्रमित भएका छन् । शुक्रबार गराएको कोरोना पिसिआर टेष्टमा उनको रिपोट पोजेटिभ आएको हो ।
आफू कोरोना संक्रमित भएको शर्माले सामाजिक संजालमार्फत जानकारी गराएका छन् ।
‘एक दिन सामान्य ज्वरो आएको बाहेक कुनै लक्षण देखा नपरेपनि हिजो गरेको पिसिआर टेष्टमा मेरो रिपोट पोजेटिभ आएको जानकारी गराउँछु’ शर्माले अगाडि लेखेका छन्, ‘आजबाट १४ दिन पूर्ण रुपमा घरमै बसी कोरोनामुक्त हुने प्रयास गर्नेछु ।’

शर्माले आफूसँग सम्पर्कमा आएका सबैलाई समेत सचेत रहन र लक्षण देखापरे टेष्ट गराएर सुरक्षित रहन अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति : २०७७, २४ कार्तिक सोमबार ००:००  १२ : १४ बजे