२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कटारीका मेयर भन्छन् ‘नेकपाको केन्द्रिय सदस्य मैले अस्विकार गरेको छैन, हल्ला गलत हुन्’



काठमाडाैं । उदयपुरको कटारी नगरपालिकाका नगरप्रमुख समेत रहेका नेकपाका नेता ज्ञानेन्द्र श्रेष्ठले आफ्नो बारेमा गलत हल्ला फैलाइएको बताएका छन् । नेपाल कम्युनिस्ट पाटी नेकपाको केन्द्रिय सदस्य पद आफुले अस्विकार गरेको भनेर अरुले हल्ला फैलाएको बताएका हुन् ।

नेकपाको केन्द्रिय सदस्य नबस्ने भनेर आफ्नो बारेमा आएका सबै समाचारमा सत्यता नरहेको उनले बताए । ‘नेकपाको केन्द्रिय सदस्य मैले अस्विकार गरेको छैन । मेरो नाम लिएर अरुअरु साथीहरुले गलत हल्ला फैलाएछन् । मिडियामा समेत आयो तर त्यो मेरो आधिकारीक धारणा होईन ।’ उनले भने,‘केपी शर्मा ओली नेतृत्वको नेकपामा नरहने भन्ने कुरै हुन्न । मुलधारमा बसेर राजनिति गर्ने भएकाले पार्टीले दिएको जिम्मेवारी अस्विकार गर्ने कुरा हुँदैन । झन शसक्त ढंगले जनता र पार्टीको काममा लाग्ने प्रण गरेको छु ।’ ओली नेतृत्वमा रहेको नेकपाका केन्द्रिय सदस्यमा नेता श्रेष्ठको नाम छ ।

श्रेष्ठ उदयपुर जिल्लाका निकै प्रभावशाली नेता मानिन्छन् ।

प्रकाशित मिति : २०७७, ८ पुस बुधबार ००:००  ११ : २४ बजे