२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश र प्रतिनिधिसभा निर्वाचन, गठबन्धनलाई निरन्तरता



काठमाडौँ ।  सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी आम निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको हो। पाँच दल मिलेर चुनाव लड्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले अनलाइन सरोकारलाई  जानकारी दिए।

पाँच दलभित्रको गठबन्धनलाई निरन्तरता दिने भनेपछि अन्य पार्टीलाई सहभागी नगराउने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : २०७९, २० श्रावण शुक्रबार ००:००  १२ : ४८ बजे