२०८२, ३ श्रावण शुक्रबार | Fri Jul 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीतिक दल दर्ता सुरु, चाहिन्छ यस्ता कागजपत्र (सूचीसहित)



काठमाडौँ ।  प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि हुने चुनावका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु हुँदैछ ।

सरकारले मङ्सिर ४ गते चुनावको मिति घोषणा गरेपछि निर्वाचन आयोगले निर्वाचन तयारी तथा व्यवस्थापनअन्तर्गत दल दर्ता आह्वान गरेको हो ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले साउन ३१ गतेसम्म निर्वाचन आयोगमा कार्यालय समयमा दल दर्ता हुने जानकारी दिए ।

आयोगका अनुसार दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो चुनाव भएको मिति उल्लेख गर्नुपर्नेछ । दलले निवेदन दिँदा प्रतिनिधि सभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सात वटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्नेछ । निर्वाचन आयोगले यसअघि मतदाता नामावलीका लागि अनलाइनमार्फत आवेदन दिएकालाई हिजोसम्म औँठा छाप र फोटो लिने व्यवस्था गरेको थियो ।

मतदाता नामावली सङ्कलनको काम शुक्रवारदेखि नै स्थगित भएको छ । आयोगका प्रवक्ता पौडेलका अनुसार मतदाता नामावलीबाट मृतक मतदाताको नाम हटाएर अद्यावधिक गर्ने काम सुरु भएको छ।

प्रकाशित मिति : २०७९, २२ श्रावण आइतबार ००:००  १२ : २३ बजे