काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि सिट बाँडफाँट गर्न गठित कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ।
चुनावमा कहाँ कुन पार्टीबाट उठ्ने भन्ने सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेका थिए।
उक्त कार्यदलले आज पहिलो बैठक गर्न लागेको छ। साउन २० मा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेल गरी जाने औपचारिक निर्णय गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए। सोही दिन सिट बाँडफाँटका लागि कार्यदल बनेको थियो।