२०८१, ८ मंसिर शनिबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्रले टुङ्ग्यायो उम्मेदवार



ओखलढुङ्गा। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि एकीकृत नेकपा (माओवादी) केन्द्र ओखलढुङ्गाले प्रतिनिधि सभाका लागि राम कार्कीको एकल नाम सिफारिस गरेको छ । शनिबार सबैको पार्टीको बैठकले कार्कीलाई संघीय प्रतिनिधि सभाका लागि एकल उम्मेदवार छनौट गरी सिफारिस गरिएको जिल्ला संयोजक निशान्त शर्माले बताए । प्रतिनिधिसभा समानुपातिक तर्फ चम्पादेवी कार्कीको नाम सिफारिस गरिएको संयोजक शर्माको भनाई छ ।

त्यसैगरी प्रदेशसभाका लागि प्रदेश (क) बाट प्रत्यक्ष तर्फ तीन जनाको नाम सिफारिस गरिएको छ । रामकुमार कार्की, नरेन्द्र खतिवडा र खुदबहादुर खत्री प्रदेश सभाका लागि सिफारिस हुनुभएको हो ।

त्यसैगरी प्रदेश (ख) बाट प्रदेश सभा प्रत्यक्ष तर्फ बाबुराम गौतम, मोहन कुमार खड्का (हिमशिखर) र खड्ग योगी (अनिल) लार्ई उम्मेदवार सिफारिस गरिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र ओखलढुङ्गाले जनाएको छ । यस अघि कार्की झापा बाट संघीय सांसद बन्नुभएको थियो । त्यसैगरी २०७४ को निर्वाचनमा मोहन खड्का ओखलढुङ्गा प्रदेश (ख) बाट प्रदेश सभा सदस्य निर्वाचित  हुनुभएको थियो । ओखलढुङ्गामा नेकपा (माओवादी) केन्द्र र नेपाली काँग्रेस बिच गठबन्धन हुने चर्चा पनि छ ।

प्रकाशित मिति : २०७९, १९ भाद्र आइतबार ००:००  ११ : २४ बजे