परासी । राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपाका उपाध्यक्ष धुव्र बहादुर प्रधानले पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने बताएका छन् ।
उनले राप्रपा प्रति जनताको विश्वास बढ्दै गएको बताउदै उनले त्यस्को परिक्षणका लागी पनि आफुले प्रत्यक्ष चुनाव लड्न लागेको बताए ।
आईतबार पार्टि कार्यालय परासीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष प्रधानले एमाले संग गठबन्धनका लागी छलफल भईरहेको बताए । पार्टि भित्र गठबन्धन गर्न नहुने मत पनि देखिएको बताउदै प्रधानले अहिलको परिस्थितीमा गठबन्धन गरेर जाने पक्षमा पार्टि पुगेको बताए ।