२०८३, १६ श्रावण शनिबार | Sat Aug 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पश्चिम नवलपरासी –२ मा एमालेले टुङ्गो लगायो उम्मेद्वार



परासी एमाले पश्चिम नवलपरासीले संघीय निर्वाचन क्षेत्र नम्बर २ को संघ र प्रदेशका उम्मेद्वारको नाम टुङ्गो लगाएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागी तिन जनाको उम्मेद्वारी परेको छ । बैठकले पार्टि जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी, प्रदेश सभा सदस्य भगवती देवी भण्डारी र श्याम कुमार बस्यालको उम्मेद्वारी सिफारिस गर्ने निर्णय भएको छ ।

यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २को प्रदेश सभा ( क) मा ५ जनाको नाम सिफारिस भएको छ । जसमा थान प्रसाद गैरे, देवराज चौधरी, विमल बगाले, खडानन्द कोइराला र राजन कुमार आचार्य रहनुभएको छ ।

संघीय निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा –(ख) मा भने सुमन गोपाल गरुआर्चायको एकल नाम सिफारिस भएको छ ।

प्रकाशित मिति : २०७९, २० भदौ सोमबार ००:००  ४ : १८ बजे