२०८१, ९ मंसिर आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्व मेयर थापा सहित कांग्रेस नवलपरासी प्रतिनिधिसभा क्षेत्र २ बाट तीन जना सिफारिस



परासी । नेपाली कांग्रेस जिल्ला कार्यसमिति पश्चिम नवलपरासीले प्रतिनिधि सभा क्षेत्र नं २ बाट सुनवल नगरपालिकाका पूर्व मेयर भीम बहादुर थापा सहित ३ जनाको नाम सिफारिस गरेको छ ।

जिल्ला कार्यसमितिको बैठकबाट प्रतिनिधिसभा पदको उम्मेदवारका लाग प्रत्यक्ष तर्फ ४ जना र समानुपातिक तर्फबाट पनि ३ जनाको नाम कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिलाई सिफारिस गरेको पार्टी निकट स्रोतले बताएको  छ ।

पार्टीले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारका लागि प्रत्यक्ष तर्फबाट  पूर्व  मन्त्री   देवेन्द्र राज कण्डेल, भिम बहादुर थापा क्षेत्री, नरेन्द्र कुमार गुप्ता र दुर्गा कोइरालाको नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ अर्जुन कुमार पोख्रेल, रामचन्द्र मौर्य कोईरी, मन्जु खत्रीको नाम सिफारिस गरेको हो  ।

प्रकाशित मिति : २०७९, २१ भाद्र मंगलबार ००:००  १ : ४८ बजे