२०८१, ८ मंसिर शनिबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गगन थापाहरु चुनाव हार्दैछन् : डा.राजन भट्टराई



काठमाडौं । नेकपा एमालेका नेता डा.राजन भट्टराईले कांग्रेस महामन्त्री गगन थापालाई चुनाव हराउने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले बूढानीलकण्ठ प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले जनताको पक्षमा काम गर्न नसकेकाले गगन थापालाई मंसिर ४ को चुनावबाट विश्राम दिनुपर्ने बताएका हुन् ।

पार्टी स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख रहेका भट्टराईले स्थानीय निर्वाचनमा एमालेले ल्याएको बहुमत देखेर कांग्रेसको सात्तो गएको बताउँदै मंसिर ४ को चुनावबाट धेरै कांग्रेसका नेताहरु पराजित हुने बताए । ‘स्थानीय निर्वाचनको नतिजाले गर्दा कांग्रेसको सातो गएको छ । उनले भने, ‘मंसिर ४ मा गगन थापाहरु पराजित हुँदैछन् । यसको कारण भनेकै देश र जनताको पक्षमा काम गर्न नसक्नु हो ।’ उनले एमाले विरुद्ध अन्य दलहरुले गठबन्धन गरेपनि एमालेले जनताको मत जितेर चुनावमा बहुमत ल्याउने बताए ।

कांग्रेस महामन्त्री समेत रहेका गगन थापाले भाषण गरेजस्तो विकास गर्न नसकेको उनले आरोप लगाए । ‘गगन थापालाई भाषणमा सुनेर मख्ख परेका उनकै कार्यकर्ता यहाँ आएर गगनको क्षेत्रका नागरिकका पीडा सुनेपछि निरास भएर फर्किने गरेका छन् । यो पटक जनताले विवेक प्रयोग गर्छन ।’ भट्टराईले भने । उनले युवा संघको सकृया सदैव आवश्यक हुने भन्दै चुनावी मोर्चामा अग्रभागमा खटिन अपिल गरेका छन् ।

युवासंघ बूढानीलकण्ठ नगर कमिटीको अध्यक्षमा पुरुषोत्तम सापकोटा चयन भएका छन् । सापकोटाको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको छ । उक्त नगर अधिवेशनबाट उपाध्यक्षमा भोला विक्रम खड्का, सचिवमा हेव्सिवा तामाङ, सह–सचिवमा शिशिर श्रेष्ठ, सोनाम तामाङ र विक्रम श्रेष्ठ चयन भएका छन् ।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा यूवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष सहित बूढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा , पुर्व प्रमुख उद्दव खरेल लगायत नेकपा एमालेको प्रदेश, जिल्ला तथा नगर कमिटिका धेरै जसो पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी स्थानीय प्रभावशाली यूवा नेता राजन कार्कीको नेतृत्वमा २ दर्जन यूवा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : २०७९, ४ आश्विन मंगलबार ००:००  १२ : १६ बजे