२०८१, ७ मंसिर शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेंगु नियन्त्रण तथा सिटामोल लगायतका औषधि उपलब्ध गराउन माग



काठमाडौँ । नेकपा एमालेले हाल देशव्यापी रुपमा फैलिएको डेंगु रोगको कारण उत्पन्न स्वास्थ्य प्रकोपका बारेमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै डेंगु नियन्त्रण गर्न र सिटामोल लगायतका औषधि पर्याप्त मात्रामा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

नेकपा एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज एक विज्ञप्ति जारी गरी डेंगुका कारण आम जनसमुदायमा सन्त्रासको अवस्था सिर्जना भएको र यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो त्यसमा सरकार चुकेको आरोप लगाएका  छन्  ।

नेकपा एमालेले डेंगु रोगको मुल स्रोत लामखुट्टे नियन्त्रणका लागि समुदाय स्तरको परिचालन गर्न, बिरामीको पहिचान र परीक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न, तिनै तहका सरकारलगायत विभिन्न सरकारी÷गैरसरकारी निकायका बीचमा समन्वयात्मक परिचालन गर्न, सिटामोल लगायतका औषधीको सहज उपलब्धताका लागि राज्यसँग माग गरेको छ ।

प्रकाशित मिति : २०७९, ५ आश्विन बुधबार ००:००  २ : १० बजे